सुमनलाई नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिपको उपाधि

हेटौंडा | बैशाख ९, २०८१

सुमनलाई नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिपको उपाधि

हेटौंडा:  बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त आयोजनामा भएको अटोक्रस्ट च्याम्पियनसिप कम्पिटिसन २०२४को उपाधि सुमन तामाङले जितेका छन् ।

 

हेटौंडाको गौरीटार स्टेडियम भित्र एक किलोमिटर अस्थायी ट्रयाकमा सम्पन्न सो प्रतियोगितामा राजन पिया दोस्रो बने । दुवैजना यसै वर्ष हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुनेछन् ।
 

 

नेपालभरका ड्राइभर्सहरूको खुल्ला प्रतियोगितामा विजयीहरूलाई बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, उद्यमी अरुणराज सुमार्गी, नेपाल खेलकुद महासंघका महासचिव धरम कुमार लामा, नेपाल ​अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल तथा कोशी अटोमोबाइल एसोसिएसनका अध्यक्ष प्रकाश कपुरी  लगायतले पुरस्कृत गर्नुभयो ।
 

 

पहिलोपटक डिजाइन गरिएको कलात्मक ट्रयाकमा सहभागी हुन सबै उमेर समूहका ड्राइभरहरू उत्साहित थिए तर उनीहरूको ड्राइभङ स्किल, उमेर अवस्था, शारीरिक क्षमता र स्वास्थ्य अवस्था समेतको विश्लेषण गरी फाइनल राउन्डमा २० जना ड्राइभर्स र नेभिगेटरहरुलाई मात्र चयन गरिएको थियो । यसअघि गरिएको ओरिएन्टेसनमा राउन्डमा भने १८ ड्राइभर्स र १६ को–ड्राइभर सहभागी थिए । 

 

बागमती प्रदेश संघले पहिलोपटक तथा नासा नेपालले काठमाडौँ बाहिर पहिलोपटक आयोजना गरिएको सो प्रतियोगिता अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआईएका स्पोर्ट्स ग्रान्ट अन्तर्गत र बागमती खेलकुद विकास परिषद् र भरतपुर मनपाको विशेष सहयोग तथा पोखरा राइडर्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । 
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्