तनहुँमा आफ्नै बुवाको हत्या, छोरा दिपक पक्राउ
तनहुँ | बैशाख ९, २०८१
तनहुँ: इलाका प्रहरी कार्यालय बेलचौताराले आफ्नै बुवाको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीगाउँपालिका–६ बस्ने २६ वर्षीय दिपक बिक रहेका छन् ।
तनहुँ प्रहरीका अनुसार उनले आफ्नै ७६ वर्षीय बुवा रापबहादुर बिकलाई चक्कु प्रहार गरी हत्या गरेका थिए ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित छोरी रस्मी बिकको घरमा बस्दै आएका राप बहादुरलाई दिपकले चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि सोही आधारमा शुक्रबार दिपकलाई पक्राउ गरिएको हो ।
सो विषयमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

