पदभारपछि मन्त्री चुमानको निर्णय: गण्डकीमा आगामी बर्ष लगानी सम्मेलन गर्ने
पाेखरा | बैशाख ९, २०८१

पोखरा: गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानले पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण गर्दै उनले पुजिगत खर्चको बढाउन सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै आगामी वर्ष लगानी सम्मेलन गर्ने निर्णय गरे ।
मन्त्री चुमानले विगत देखिनै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागिपर्ने बताए । लगानी सम्मेलनका लागि लगानी सम्मेलन अध्ययन कार्यदलसमेत गठन गर्ने र्निणय गरे ।
उनले प्राविधिक कमजोरीलाई टेकेर रातो किताबका योजनासमेत कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले बजेट खर्च गर्ने परिपाटीमा पनि आगामी आर्थिक बर्षमा सुधार गरेर लैजाने धारणा राखे ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । का...
पोखरा: पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन ...
पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महान...