इन्टरललाई इटालियन सिरी 'ए' को उपाधि
इन्टर २० औं पटक लिग च्याम्पियन
काठमाडाैं | बैशाख ११, २०८१
काठमाडौं: इन्टर मिलानले पाँच खेल अगावै इटालियन सिरी 'ए' को उपाधि जितेको छ ।
चिरपरिचित प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर २० औं पटक लिग च्याम्पियन बनेको हो ।
सर्वाधिक लिग जितमा इन्टर दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक लिग जितेको छ । एसी मिलानले १९ पटक लिग जितेको छ ।
एसी मिलान विरूद्धको जितपछि इन्टरको ३३ खेलबाट ८६ अंक भएको छ । समान खेलबाट एसीमिलान ६९ अंकसहित दोस्रो स्थानमा छ ।
अब लिगमा १५ अंकको मात्र खेल बाँकी हुँदा एसी मिलान भन्दा इन्टर १७ अंकले अघि छ । इन्टरको लागि फ्रान्सेस्को असेर्बीले १८औं र मार्कुस थुरामले ४९औं मिनेटमा गोल गरे ।
एसी मिलानका लागि फिकायो तोमोरीले ८०औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । इन्जुरी टाइममा इन्टरका डेन्जल ममफ्राइस तथा एसी मिलानका थियो हर्नान्डेज र डेविढ कालाब्रिअले रातो कार्ड पाएका थिए ।
पोखरा: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ । तमु धिं नेपालले महान ...
मुस्ताङ: यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन ...

