टी-२० खेल्न नेपाल आइपुग्यो वेस्ट इन्डिजकाे टिम
काठमाडाैं | बैशाख १२, २०८१
काठमाडौं: टी-२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम नेपाल आइपुगेको छ ।
बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।
विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए ।
रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ ।
नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

