पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य
पाेखरा | असार १९, २०७९
पोखरा : पोखरा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन् । पोखरा सुनचाँदी व्यवसायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सहसचिवमा रविन्द्र बज्रचार्य चयन भए । त्यसैगरी सदस्यहरुमा इश्वरमान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भए ।
अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचाँदी व्यवसायीहरुले आफ्नो व्यवसायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य, नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचाँदी व्यवसायीको हकहितको बारेमा धारणाा राखेका थिए ।
दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचाँदी व्यवसायी संघमा ४४ जना सदस्यहरु रहेका छन् भने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नयाँ सदस्यता लिएको संघले जनाएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

