धीरजकाे जन्मगाउँबाट थालियाे ‘खुश्मा’को छायांकन
रुकुम पूर्व | बैशाख १४, २०८१
काठमाडौं: धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।
यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको छ ।
फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु भएको छ । पहिलो चरणको छायांकन यसअघि मनाङमा सम्पन्न भइसकेको छ ।
निर्देशक अशोक थापाले बिहीबारदेखि पुन मगरको उद्गमथलो रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए ।
मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले दशक लामो सशस्त्र युद्धको क्रममा युवायुवतीबीच अंकुराएको प्रेमलाई देखाउँछ ।

छायांकन गर्न पुगेको ‘खुश्मा’को टिमलाई मौकोटबासीले स्वागत गरेका थिए । मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा बेलायत गएका थिए ।
निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् ।
सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ ।
माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थाप...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्म...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका...

