स्वास्थ्य संस्थाहरूमा किशोर किशोरीमैत्री सेवा र पहुँच आवश्यक छ: प्रमुख आचार्य

पाेखरा | बैशाख २०, २०८१

स्वास्थ्य संस्थाहरूमा किशोर किशोरीमैत्री सेवा र पहुँच आवश्यक छ: प्रमुख आचार्य

पोखरा:   पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ ।

 

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो ।

 

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिनुभयो ।

 

स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

 

यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीहरूमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो ।

 

स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोर किशोरी उमेरका व्यक्तिहरूमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उहाँले बताउनुभयो । 

 

पोखरा महानगरपालिका वडा नं।१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

 

किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उहाँले बताउनुभयो । 

 

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा मास स्केलमा स्वास्थ्य सचेतना सम्बन्धी वकालतको आवश्यक रहेको बताउनुभयो । यससम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायहरूमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । 

 

पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

 

मानिसहरू आफ्नो स्वास्थ्यको नियमित चेकजाँच र स्वस्थ जीवनशैलीमा आधारभूत सवालहरूमा सचेत रहन नसकेको उहाँले उल्लेख गर्नुभयो । किशोरावस्थामा हुने स्वास्थ्य सम्बन्धी लापरबाहीरकमजोरीहरू भविष्यमा गम्भीर चुनौतीका रूपमा देखिन सक्नेप्रति सचेत रहन उहाँले सुझावसमेत दिनुभयो । 

 

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिनाले आफूहरू महानगरद्वारा सञ्चालित अस्पताल लगायत संस्थाहरूलाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन लागि परेको बताउनुभयो । महानगरको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा यस प्रकार सेवाको विस्तारमा जोड दिइएको बताउनुभयो । 

 

राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोर किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोर किशोरीहरूमा छ ।

 

करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ । गत आर्थिक वर्ष २०७९र८० मा २० वर्ष मुनिका झण्डै २ हजार किशोर किशोरीहरू गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ ।

 

गर्भपतन गराउने २० वर्षमुनिका किशोर किशोरीहरूको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

 

म्याग्दी:   बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ ।  म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण ...

थप पढ्नुहोस्

काभ्रेपलाञ्चोक:   यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ ।  जिल्ला प्...

थप पढ्नुहोस्

शिवकुमार आले मगर, तनहुँ ।   हामी सबै नेपाली राजनीतिक दल र दलका कार्यकर्ताले समिक्षा गर्नुपर्छ ।   आत्मालोचित हुनुपर्छ किनभने, देशका प्रमुख राजनीतिक दलहरूले कम्तिमा दलजस्तो बन्ने प्रया...

थप पढ्नुहोस्