मुद्रण उद्योग महासंघ गण्डकीको अधिवेशन सम्पन्न, अध्यक्षमा बास्तोला

कास्की | असार १९, २०७९

मुद्रण उद्योग महासंघ गण्डकीको अधिवेशन सम्पन्न, अध्यक्षमा बास्तोला

पोखरा:  मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बसन्त बास्तोला चयन भएका छन् । पोखरा–१६ स्थित पधेंरीपार्क भिलेज राहुलडाँडामा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट बास्तोलाको नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो ।

 

समितिको उपाध्यक्षहरुमा स्याङ्जाका सुर्दशन रेग्मी र मुस्ताङका भिम रसाइली छानिए । भने महासचिवमा कास्कीका मनोहर दाहाल निर्वाचित भए । यसैगरि सचिवमा म्याग्दीका भिम शर्मा र कोषाध्यक्षमा गोर्खाकी कोपीला श्रेष्ठ चुनिइन् । भने  सह–कोषाध्यक्षमा सुर्य पौडेल चयन भए ।

 

समितिको सदस्यहरुमा घनश्याम गौतम, पुनम गुरुङ, गोविन्द सिग्देल, नविन श्रेष्ठ, सन्दिप खत्री, माधव तिवारी र  गिता खनाल निर्वाचित भइन् ।

 

यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मुद्रण उधोग महासंघ नेपालका केन्द्रिय अध्यक्ष खुमाकान्त रेग्मीले गरे । सो अवसरमा बोल्दै मुद्रण व्यवसायीमो हक र हितको पक्षमा सदैब काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

 

यसैगरि केन्द्रका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले रोजीरोटी प्रदान गर्ने आफ्नो पहिलो समय आफ्नै व्यवसायिक संस्थामा छुट्टयाउन आग्रह गर्दै सरकारले कागजमा लगाएको भन्सारमा गम्भिर ध्यानाकर्षण भएको धारणा राखे ।

 

केन्द्रिय उपाध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीबीचको आपसी एकताले नै सबैको हित हुने कुरा उल्लेख गर्दै आगामी दिनमा समेत आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा उपमहासचिव अर्जुन भुषाल, केन्द्रिय सचिव जिवन गोर्खाली, चिन्तामणी बास्तोला कास्की जिल्ला अध्यक्ष किरणलाल श्रेष्ठ लगायतले बोलेका थिए ।  महेन्द्र बजिमयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट संयोजकको रुपमा कार्यसम्पादन गरेको भन्दै मनोहर दाहाललाई सम्मान समेत गरिएको थियो ।


 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्