मुद्रण उद्योग महासंघ गण्डकीको अधिवेशन सम्पन्न, अध्यक्षमा बास्तोला

कास्की | असार १९, २०७९

मुद्रण उद्योग महासंघ गण्डकीको अधिवेशन सम्पन्न, अध्यक्षमा बास्तोला

पोखरा:  मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बसन्त बास्तोला चयन भएका छन् । पोखरा–१६ स्थित पधेंरीपार्क भिलेज राहुलडाँडामा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट बास्तोलाको नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो ।

 

समितिको उपाध्यक्षहरुमा स्याङ्जाका सुर्दशन रेग्मी र मुस्ताङका भिम रसाइली छानिए । भने महासचिवमा कास्कीका मनोहर दाहाल निर्वाचित भए । यसैगरि सचिवमा म्याग्दीका भिम शर्मा र कोषाध्यक्षमा गोर्खाकी कोपीला श्रेष्ठ चुनिइन् । भने  सह–कोषाध्यक्षमा सुर्य पौडेल चयन भए ।

 

समितिको सदस्यहरुमा घनश्याम गौतम, पुनम गुरुङ, गोविन्द सिग्देल, नविन श्रेष्ठ, सन्दिप खत्री, माधव तिवारी र  गिता खनाल निर्वाचित भइन् ।

 

यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मुद्रण उधोग महासंघ नेपालका केन्द्रिय अध्यक्ष खुमाकान्त रेग्मीले गरे । सो अवसरमा बोल्दै मुद्रण व्यवसायीमो हक र हितको पक्षमा सदैब काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

 

यसैगरि केन्द्रका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले रोजीरोटी प्रदान गर्ने आफ्नो पहिलो समय आफ्नै व्यवसायिक संस्थामा छुट्टयाउन आग्रह गर्दै सरकारले कागजमा लगाएको भन्सारमा गम्भिर ध्यानाकर्षण भएको धारणा राखे ।

 

केन्द्रिय उपाध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीबीचको आपसी एकताले नै सबैको हित हुने कुरा उल्लेख गर्दै आगामी दिनमा समेत आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा उपमहासचिव अर्जुन भुषाल, केन्द्रिय सचिव जिवन गोर्खाली, चिन्तामणी बास्तोला कास्की जिल्ला अध्यक्ष किरणलाल श्रेष्ठ लगायतले बोलेका थिए ।  महेन्द्र बजिमयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट संयोजकको रुपमा कार्यसम्पादन गरेको भन्दै मनोहर दाहाललाई सम्मान समेत गरिएको थियो ।


 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्