जलेश्वर नगरपालिकाका प्रमुखसहित १२ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर
काठमाडाैं | बैशाख २७, २०८१
काठमाडौं: अख्तियार दुरुपयोग अनुसान्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत बिरुद्ध भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ ।
नगर प्रमुख सुरेश साह सोनार, उप(प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
पालिकाको वडा नं. १ स्थित हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गर्दा उनीहरुलाइ दोषी पाइएको हो ।
पी.पी.सी. ढलान गर्दा गरेको काम भन्दा बढी गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा ५ लाख ८४ हजार ६ सय ३७ रुपैयाँ बढि भुक्तानी दिएको अख्तियारको दावी छ ।
झुट्ठा विल भर्पाइ बनाइ सम्पन्न प्रतिवेदन तयार पारेर भुक्तानी दिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर भएको हुँदा निजहरुलाई झुठ्ठा विल बरावर बिगो कायम गरी सजाय माग दावी गरिएको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनु भएको छ ।
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

