रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित
पाेखरा | बैशाख ३०, २०८१

पोखरा: कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो।
कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिनुभयो।
पौडेलले सो घोषणाले कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न पालिकालाइ आग्रह गर्नुभयो ।
पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभुती संगै सरकारले परिकल्पना गरेको आधारभुत स्वास्थ सेवाको ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बिश्वास व्यक्त गर्नुभयो ।
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भए संगै र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य हर्क बहादुर गुरुङ,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल, स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा ,जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय , एकनारायण लम्साल , बद्री आचार्य ,राधा सुवेदी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...