रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो।
कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिनुभयो।
पौडेलले सो घोषणाले कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न पालिकालाइ आग्रह गर्नुभयो ।
पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभुती संगै सरकारले परिकल्पना गरेको आधारभुत स्वास्थ सेवाको ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बिश्वास व्यक्त गर्नुभयो ।
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भए संगै र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य हर्क बहादुर गुरुङ,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल, स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा ,जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय , एकनारायण लम्साल , बद्री आचार्य ,राधा सुवेदी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो।
रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

