प्रदेश सांसद शाहीको प्रश्न– पुल खोई ?

पाेखरा | असार २०, २०७९

प्रदेश सांसद शाहीको प्रश्न– पुल खोई ?

पाेखरा:   गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले ढोरपाटनको भुजीखोलामा बाढी आएको दुईवर्ष बित्न लाग्दा आवश्यक ३ पुल बनाउन सरकार उदासिन बनेको बताएका छन् ।

 

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि प्रदेश सभामा जारी बैठकलाई सम्बोधन गर्दै आज (सोमबार) शाहीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

उनले गतवर्ष गुरुयोजना तयार पारेको पुलको निर्माण गर्ने पक्षमा सरकार नरहेको टिप्पणी गरे । ‘सरकारले डिपिआरको बैङ्क स्थापना गरेको हो ? सरस्वती, दुनापधेरा, जडेपानीमा पुलको आवश्यक छ, सरकारले गर्छौ भने गर्ने कहिले ?’ शाहीले प्रश्न गरे ।

 

उनले यो वर्ष पुल सरकारले पुल नबनाउने दाबी गरे । ‘बर्खा लाग्यो सबैभन्दा बढी मारमा त्यहाँका स्थानीय र विद्यार्थी छन्, उनले प्रश्न गरे, ‘पुल कहिले बन्छ ?’

 

उनले फरक प्रसंगमा बोल्दै ढोरपाटन शिकार आरक्षले त्यहाँका जनता मारमा पर्दै गएको बताए । 
 

परापूर्वकालदेखि स्थानीयले प्रयोग गर्दै आएका जंगल र कुवाको आरक्षले लिएको कारण जनता मारमा परेको उल्लेख गरे । ‘ढोरपाटनमा शिकार आरक्ष कर सरकारलकोे लिन्छ । विनियोजन पनि सरकारले गर्छ, शाहीले भने, त्यहाँका जनताको पक्षमा कुनै लाभ मिल्ने कार्यक्रम सञ्चालन गर्न सकिरहेको छैन ।’


 

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्