पोखरामा जेठ २ देखि क्लबस्तरीय भलिबल प्रतियोगिता हुने, तयारी अन्तिम चरणमा

पाेखरा | बैशाख ३१, २०८१

पोखरामा जेठ २ देखि क्लबस्तरीय भलिबल प्रतियोगिता हुने, तयारी अन्तिम चरणमा

पोखरा:     पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । 


नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो । 


नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए । 


पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । 


‘नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गर्दै छौं’, संयोजक गुरुङले भने, ‘प्रतियोगितामा सहभागिता जनाउन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३ जना खेलाडी मात्र सहभागिता हुन पाउनेछ ।’


प्रतियोगिता संयोजक गुरुङले भलिबल प्रतियोगिताको उद्घाटन समारोहको दिन निशुल्क प्रवेश रहेपनि जेठ ३ गतेदेखि टिकट शुल्क निर्धारण गरेको छ । प्रतियोगिताको दोस्रो दिन १ सय, सेमिफाइनलमा १ सय ५० र फाइनल खेलमा २ सय रुपैयाँ टिकट रहेको छ । 


नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधाहरु सञ्चालन गर्दै आएको बताए । 


‘नेपाल लोकतान्त्रीक खेलकुद संघले गण्डकी प्रदेशको ९ जिल्लामा विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छ’, अध्यक्ष शेरचनले भने, ‘खेलकुदका विभिन्न विधाहरु मध्ये कास्कीमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।’

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्