संस्कारसँग वातावरण जोड्ने अभियान

बाग्लुङ | असार २०, २०७९

संस्कारसँग वातावरण जोड्ने अभियान


बागलुङ :    बागलुङ नगरपालिका क्षेत्रमा हरियाली प्रवद्र्धनका लागि नगरले संस्कारसँग वातावरणलाई जोड्ने अभियान थालेको छ । पितृकार्य(श्राद्ध) गर्दा प्रत्येक व्यक्तिले आफ्ना पितृको सम्झनामा एक जोडी बिरुवा रोप्नुपर्ने संकृतिको विकास गर्न अभियान थालिएको हो ।

    

आफन्तको सम्झनामा वृक्षरोपण गर्न प्रेरित गर्दा सर्वसाधारणलाई बुझाउन सहज हुने र बिरुवा रोप्ने संस्कारको विकास गर्दा वातावरण जोगाउन सहज हुने भएकाले यो अभियान सुरुआत गर्न थालिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “हिजो पितृको सम्झनामा रुख रोप्ने, चौतारी पोखरी बनाउने प्रचलन थियो, अहिले त्यो हरायो”, श्रेष्ठले भन्नुभयो, “हामीले संस्कारलाई वातावरणसँग जोड्न नसकेकाले हिजोको चलन हराएको हो, त्यो वैज्ञानिक चलन थियो भनेर यो कार्यक्रम ल्याएका हौँ ।”

    

सडक तथा पूर्वाधार निर्माणका क्रममा मासिएका रुखको पुनःस्थापनाका लागि यो कार्यक्रम प्रभावकारी हुने श्रेष्ठको विश्वास छ । “आज सडक बनाउँदा सबैले जङ्गल, चौतारी र पोखरी खोजीखोजी मासे, तर नयाँ बिरुवा लगाउन कसैको ध्यान गएन”, श्रेष्ठ भन्नुहुन्छ, “अब श्राद्ध गर्दा होस् वा स्मृतिसभा गर्दा दान गर्ने साटो रुख रोप्ने अभियान चलाउनुपर्छ ।” 

    

नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा यो अभियानलाई जोड्ने योजना छ । नगर क्षेत्रभित्रका सङ्घसंस्थालाई समेत वातावरणको संरक्षणमा जोड्ने योजना नगरपालिकाले बनाएको छ । ‘एक संस्था एक पार्क’ निर्माण गर्ने कार्यक्रम ल्याइनेछ’, श्रेष्ठ भन्नुहुन्छ, “सामान्य प्रयासले मात्रै धेरै काम गर्न सकिन्छ ।” वन्यजन्तु र वातावरण संरक्षणलाई सँगै लैजाने योजना बनाएको नगरले सामुदायिक वन विकास कार्यक्रमलाई उत्पादन र रोजगारीसँग जोड्ने भनेको छ । 

    

कृषि बालीमा हानी पु¥याउने बाँदरलगायतका जीवजन्तुलाई प्राकृतिकरुपमा नियन्त्रण गर्न ‘फुड फरेस्ट’ कार्यक्रम सञ्चालन गर्ने योजना नगरले बनाएको छ । बाँदर प्रभावित क्षेत्रमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, केराखेती, मौरीपालन र पशुपालनलाई प्रवद्र्धन गरिने नगरप्रमुख श्रेष्ठको घोषणा छ । 

    

नगरक्षेत्रभित्रका महत्वपूर्ण तालतलैया, कुवा, पोखरीलगायत प्राकृतिक जलाशयको संरक्षण गरी जलाधार संरक्षणमा सहयोग पु¥याउन एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । वर, पीपल, स्वामीलगायतका वृक्ष र परम्परागत चौतारी, पोखरीको संरक्षण र सम्वद्र्धन गर्ने योजना पनि नगरले अगाडि सारेको छ । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्