राष्ट्रपतिलाई सुन्ने तर सरकारका कुनै कार्यसूचीमा प्रवेश नगर्ने कांग्रेसको निर्णय
काठमाडाैं | जेठ १, २०८१
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसद्मा ल्याएका कुनैपनि कार्यसूचीमा आफूहरू प्रवेश नगर्ने निर्णय गरेको छ।
मंगलबार बिहान सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई पढ्न दिने तर सरकारको कार्यसूचीमा प्रवेश नहुने निर्णय गरेको हो।
संसद्मा सरकारले ल्याएका कार्यसूचीमाथि भएको छलफलमा कुनै पनि अवरोध आउँदा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय कांग्रेसले गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

