बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते

बाग्लुङ | जेठ २, २०८१

बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी अस्पताल पठाउँदै स्थानीय ।

बागलुङ:     बागलुङको ढोरपाटन नगरपालिकामा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बुतिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरो जीप मस्तीमा दुर्घटना हुँदा चालकसहित हुँदा १६ जना घाइते भएको इलाकाप्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।


दुर्घटनामा ढोरपाटन नगरपालिका(५ चौरकी २४ वर्षीया सावित्रा विक, २३ वर्षीया लक्ष्मी विक, २३ वर्षीया अनुसा विक, १० बर्षीय मनोज विक, २३ वर्षीया टिका विक, २९ वर्षीया पुजा विक, ४० वर्षीया पूर्णकला विक, २३ वर्षीया अनिता पौडेल र उनका १८ महिनाको छोरा प्रिन्स पौडेल, ४२ वर्षीया ज्ञान बहादुर घर्ती, २८ वर्षीया मिना विक, ढोरपाटन नगरपालिका–२ अर्नाकोटका २० वर्षीया धनकुमारी क्षेत्री, १९वर्षीया सिता रोका,निसीखोला गाउँपालिका–२ का २० वर्षीया मिना कार्की र उनको तीन महिनाको छोरी सुहाना कार्की र चालक तमानखोला गाउँपालिका–४ का ३० वर्षीय अमन सिर्पाली घाइते भएको प्रनि विकले बताए। 


घाइतेहरूको उद्धार गरेर उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए। जीप व्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेको प्रनि विकले बताए।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्