विनोद शाहीको हत्या प्रकरण: झडपमा आन्दोलनकारी र प्रहरी घाइते

अछाम | असार २०, २०७९

विनोद शाहीको हत्या प्रकरण:   झडपमा आन्दोलनकारी र प्रहरी घाइते

 

अछाम:      १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै आन्दोलनरत पक्ष र प्रहरीबीचमा झडप हुँदा दुवै पक्ष घाइते भएका छन् । नेपाल प्रहरीका १४ जना र २४ जनाका शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका सम्बद्ध पक्षले जानकारी दिएको छ । 

 

आन्दोलनकारीहरु जिल्ला सरकारी वकिलको कार्यालयतिर जान खोज्दा प्रहरी र आन्दोलनकारी बीचमा झडप भएको बताइएको छ । हो । आन्दोलनकारीले ढुंगा प्रहार गरे भने प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्जसँगै दश राउण्ड अश्रुग्यास र हवाइ फायर गरेको छ । झडपसँगै सशस्त्र प्रहरीको टोलीपछि स्थिति नियन्त्रणमा लिइएको थियो ।

 

झडपमा घाइते भएका प्रहरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको अछाम प्रहरीका इनिस्पेक्टर कैलाशसिंह विष्टले जानकारी दिनुभयो । यस्तै, आन्दोलनकारीका घाइतेको पनि उपचार भइरहेको बताइएको छ । 

 

पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान निवासी विनोदको न्यायका लागि अछामका पाँच दलले आइतबारबाट जिल्लाभर यातायात बन्द गरेका छन् । पीडितलाई न्याय र दोषीलाई कारबाहीको मागसहित घटना भएको जेठ २१ बाट चरणबद्ध आन्दोलनमा भइरहेको छ । 

 

हत्या आरोपमा किटानी जाहेरीमा परेकी पञ्चदेवल विनायक नगरपालिकाकी प्रमुख अम्बिका चलाउने र अर्का आरोपित नेत्रबहादुर शाहीले शनिबार अछाम प्रहरीमा आत्मसमर्पण गरिसक्नुभएको छ । आत्मसमर्पण गर्नुभएका प्रमुख चलाउनेसहितलाई हाल अछाम प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्याका योजनाकार भन्दै चलाउने र शाही र अन्य ११ जना हत्यामा संलग्न भएको भन्दै पीडित पक्षले १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । हत्याको आरोपमा कालिकास्थानकै पाँचजना यसअघि पक्राउ भएका थिए । अन्य छ जना भने हालसम्म फरार नै रहेको प्रहरीले जनाएको छ ।  

 

जेठ १७ गते बेलुकीबाट वेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडक भन्दा तल खोचमा मृत अवस्थामा फेला परेका थिए । जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कारबाही नभएसम्म शव रोकेका कारण जेठ २५ गते घटनास्थलबाट शव उठाइएको थियो ।  

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्