सलोमी गुरुङलाई नेपाल आइडल बनाउन पोखरामा अभियान
पाेखरा | जेठ ७, २०८१
पोखरा: गायिका सलोमी गुरुङलाई नेपाल आइडलको पाँचौ संस्करणमा विजेता बनाउन पोखरामा अभियान थालिएको छ ।
नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठसम्म आइपुगेकी गायिका गुरुङलाई विजेता बनाउन पोखरामा सलोमी गुरुङ जिताउ अभियान सुरु गरिएको हो ।
पोखरा महानगरपालिका–१३ बिपी मार्गकी सलोमीलाई जिताउन सलोमी गुरुङ जिताउ अभियानले पोखरामा आज ९सोमबार० पत्रकार सम्मेलन गर्दै भोटको अपिलसमेत गरेको छ ।
नेपाल आइडलको पाँचौ संस्करणको उत्कृष्ट आठमा अहिलेसम्म गायनकलाले अगाडि बढेपनि अब भोटिङले सघाउनुपर्ने अभियानकी प्रतिनिधि बालकाशी गुरुङले बताईन् ।
‘यो ठाउँसम्म आउनका लागि उसकै बलबुताले, कलाले र मेहनतले हो’ प्रतिनिधि गुरुङले भनिन्, ‘अबको पालो भोटिङको रहेकोे छ । भोटिङले मात्रै जिताउन सक्षम हुनेछौं ।’
सानैदेखि गायनमा रुची राख्ने उनलाई परिवारको सहयोग नमिल्दा पाउनुपर्ने संगाीतिक उचाइ हात नपारेकोसमेत उल्लेख गरिन् ।
गण्डकी प्रदेशले रियालिटी सोेमा सहभागी थ्रुपै प्रतिभालाई जिताएकाले अब पालो सलोमीको रहेकोे उनको भनाइ थियो ।
सलोमी जिताउन गुरुङ समुदायसँग सम्बन्धित संघसंस्थाले सहयोग उठाइरहेका छन् । सलोमी जिताउ अभियानले आयोजना गरेकोे पत्रकार सम्मेलनमा पोखरेली लक्ष्य ब्याण्डले नेपाली गीत प्रस्तुत गर्दैै भोटको अपिलसमेत गरेको थियो ।
नेपाल आइडलको उत्कृष्ट आठमा पोखराबाट सलोमी गुरुङ र मानव परियार छन् ।
नेपाल आइडलको उत्कृष्ट आठमा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।
सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

