अमरसिंहको लेकाली सेकुवामा बियर च्यालेन्ज हुने
पाेखरा | जेठ ८, २०८१

पोखरा: जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ ।
होटल टास्क ईन्टरनेशनल प्रालिको आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टकोे दोश्रो वर्ष प्रवेशको अवसरमा लेकाली बियर च्यालेन्ज गर्ने भएको हो ।
बियर पारखीहरुलाई लक्षित गरी बियर पिउने प्रतियोगितानै लेकाली बियर च्यालेन्ज प्रतियोगिता भएको र उक्त प्रतियोगितामार्फत बियरको अनुपम अनुुभव लिन सकिने रेष्टुुरेण्टका सञ्चालक मिन बहादुर गुरुङले बताए ।
उक्त कार्यक्रम अन्तर्गत जेठ ११ देखि १४ सम्म हरेक दिन एउटा इभेन्ट सम्पन्न हुनेछ । इभेन्टमा सहभागी हुनका लागि पहिला आउनेलाई प्राथमिकता दिदै प्रत्येक दिन १० जनाले सहभागिता जनाउन सक्नेछन् ।
१० जना मध्ये १० मिनेटको अवधिमा जस्ले बढी बियर पिउन सक्छ सो व्यक्ति उक्त इभेन्टको विजयी हुने छ । इभेन्टमा सहभागीले प्राप्त मात्रामा बियर पिउन सक्नेछन् । ११ देखि १४ गते सम्मका लागि हरेक दिनको इभेन्टमा विजयीले एक कार्टुन बियर, प्रमाणपत्र र एक वर्षका लागि एमआरपी बियर रेष्टुरेण्टमा प्रिभिलेज कार्ड प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागि हुनका लागि १५ सय शुल्क लाग्ने र अन्तिम प्रतिस्पर्धाका लागि कुनैपनि शुल्क नलाग्ने संचालक गुरुङले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि होटल टास्क इन्टरनेशनल प्रा. लि., लेकाली चुलो घर, लेकाली कफी हाउस, लेकाली सिटी भ्यू रेष्टुरेण्ट र लेकाली सेकुवा एण्ड सुकुटी घरमा सम्पर्क गर्न सकिने छ ।
लेकाली सेकुुवा रेष्टुरेण्ट एण्ड बारले सञ्चालनमा ल्याएको एमआरपी बियर रेष्टुरेण्टमा एमआरपीमा बियरहरु उपलब्ध हुदै आएको छ भने धराने बंगुर, बंदेल, मटन, चिकन, बफको सेकुवासंगै हांस, बफ सुकुटी र बट्टाइका परिकारहरु उपलब्ध रहेका छन् । दोश्रो वर्ष प्रवेशसँगै ड्राफ्ट बियर बारसमेत ग्राहकहरु समक्ष पस्कने सञ्चालकले जनाएको छ ।
प्रतियोगिताको अन्तिम दिन सांझ राष्ट्रिय कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम सहित लाइभ म्युजिक समेत रहने छ ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...