गृहमन्त्री रवि लामिछानेविरूद्ध  कांग्रेस उपसभापति गुरूङकाे निवेदन

काठमाडाैं | जेठ ८, २०८१

गृहमन्त्री रवि लामिछानेविरूद्ध  कांग्रेस उपसभापति गुरूङकाे निवेदन

काठमाडौं:  नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्।

 

उपसभापति गुरूङले 'सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न' मागसहित निवेदन दिएका हुन्।

 

गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ।

 

अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरूङले उल्लेख गरेका छन्। गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको' गुरूङको भनाइ छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्