कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण
पाेखरा | जेठ ८, २०८१
पोखरा: पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम गरिएकाे हाे ।
स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यस निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुरुङले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको बताउनुभयो ।
नागरिकले सहज र सरल रुपमा न्याय पाउन अवस्था सृजनाहोस स्थानीय विवादहरु अदालतमा पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै भन्नुुभयो, “समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो ।यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।”
कन्या क्याम्पसका क्याम्पस प्रमुुख सुरेन्द्र मानन्धरले विद्यार्थीहरुले कानूनका विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनका लागि छनोट गरेको भन्दै खुशी ब्यक्त गदै आगामी दिनमापनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ताको योग्यता बारेमा प्रशिक्षण दिनुभएको थियो ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

