संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक

काठमाडाैं | जेठ १०, २०८१

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक

काठमाडौं:     सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ।


बिहीबार कार्यदलको बैठक बसेको हो। बैठकले कार्यादेशको टुङ्गो लगाउने अपेक्षा गरिएको छ। यसअघि पटकपटक बसेको कार्यदलको बैठक निष्कर्षबिहीन बनेको थियो। 


कार्यदलका संयोजक एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बैठक बोलाउनुभएको हो। 


कार्यदल सदस्यमा नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्की र जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ। 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्