पत्रकार विरही र सिग्देल पुरस्कृत
पाेखरा | जेठ १३, २०८१

पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ ।
महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् ।
विरही ४४ वर्षदेखि पत्रकारितामा छन् ।
पूर्व सांसदसमेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र उनलाई प्रदान गरियो । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् ।
सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरे ।
विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।
पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे । उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताएका थिए ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महा...
काठमाडौं: दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्ण...
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...