मादीको चिप्ली गाउँमा फागुन २ देखि महाशिवरात्री मेला हुने, भलिबलको उपाधि राशी ८० हजार
पाेखरा | माघ १८, २०८२
पोखरा: कास्कीको मादी गाउँपालिका–६ स्थित चिप्ली गाउँमा यही फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने भएको छ ।
चिप्ली गाउँमा क्रियाशिल रहेको सिद्ध युवा क्लबको आयोजनामा फागुन २ देखि ४ गतेसम्म महाशिवरात्री मेला हुने क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।
‘चिप्ली गाउँमा सामाजिक क्षेत्रमा क्रियाशिल रहेको सिद्ध युवा क्लबले आफ्नो ३८ औं वाषिकोत्सवको अवसरमा महाशिवरात्री मेलालाई निरन्तरता दिएको हो, अध्यक्ष गुरुङले भने, ‘ महाशिवरात्री मेलाले पर्यटकीय गाउँ चिप्लीको पर्यटन प्रवद्र्धन,खेलकुद र विकासमा सहयोग पुग्ने अपेक्षा लिएका छौं ।’
उनका अनुसार महाशिवरात्री मेलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,छेलो, रस्साकस्सी र म्युजिकचियर प्रतियोगिता आयोजना गरिएको छ ।

वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै रस्साकस्सी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै छेलो प्रतियोगिताको विजेतालाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र फेटाले सम्मान गरिने क्लबका अध्यक्ष गुरुङले बताए ।
कास्कीको उत्तरी भेगमा अवस्थित मादी गाउँपालिका–६ चिप्ली गाउँमा पोखराको काहुँखोला, काभ्रेडाँडा, छाचोक, मेलबोट, थाक, तप्राङ हुँदै चिप्ली गाउँ पुग्न सकिन्छ । पोखराबाट सवारी यात्रामा १ घण्टामा नै चिप्ली गाउँमा पुग्न सकिन्छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

