पत्रकार विरही र सिग्देल पुरस्कृत

पाेखरा | जेठ १३, २०८१

पत्रकार विरही र सिग्देल पुरस्कृत PHOTO: POKHARACITY

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ । 

 

महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् । 

 

विरही ४४ वर्षदेखि पत्रकारितामा छन् । 

 

पूर्व सांसदसमेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ । 

 

सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र उनलाई प्रदान गरियो । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् । 

 

सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरे । 

 

विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए । 

 

पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे ।  उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताएका थिए । 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्