डिआइजीमा बढुवा भएका ४ अफिसरलाई दर्ज्यानी चिन्ह

काठमाडाैं | जेठ १५, २०८१

डिआइजीमा बढुवा भएका ४ अफिसरलाई दर्ज्यानी चिन्ह Photo: Nepal Police

काठमाडौं:   नेपाल प्रहरीको ४  जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका छन् ।

 

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको १३ गतेको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी पदोन्नति भएका हुन् ।

 

उनीहरुलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे ।

 

सो अवसरमा बोल्दै महानिरीक्षक कुँवरले राष्ट्र जनता र संगठनप्रति गरेको योगदान कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताएका थिए ।

 

सोही समारोहकाबीच नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को गत ६ गतेको निर्णयानुसार  प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाहलाईसमेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो 
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्