सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

काठमाडाैं | जेठ १५, २०८१

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

काठमाडौं:     सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै सो बजेट  प्रस्तुत गर्नुभएको हो । 


व्ययमध्ये सबैभन्दा बढी चालुतर्फ छुट्याइएको छ । चालुतर्फ कुल विनियोजन बजेटको ६१.३१ प्रतिशत अर्थात् ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ । 


पुँजीगततर्फ कुल विनियोजन रकमको १८.९७ प्रतिशत अर्थात् तीन खर्ब ५२ अर्ब  ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो । 


वित्तीयतर्फ कुल विनियोजन बजेटको १९.७४ प्रतिशत अर्थात् तीन खर्ब ६७ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ । यो अनुमान चालु आर्थिक वर्षको विनियोजन रकमको तुलनामा ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी हो ।

 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्