आठौं पीएम कप एनभीए लिग भलिबलको खेलतालिका सार्वजनिक
काठमाडाैं | जेठ १६, २०८१
काठमाडौं: नेपाल भलिबल संघले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेलतालिका सार्वजनिक गरेको छ ।
यही जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
२०८० चैत्र ३ देखि १० गतेसम्म काठमाडौंमा सम्पन्न आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ८ र महिलातर्फ उत्कृष्ट ६ टोली एनभीए लिगका लागि छनोट भएका हुन् ।
लिगको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र बुढानिलकण्ड भलिबल क्लबबीच खेल हुनेछ । पहिलो दिन पुरुषतर्फ ४ र महिलातर्फ २ गरी ६ खेल हुनेछ ।
यस्तै पुरुषतर्फ नै नेपाल पुलिस क्लब र सुदूरपश्चिम स्पोर्ट्स काउन्सिल, एपीएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच पनि खेल हुनेछ ।
यसैगरी पहिलो दिनमै महिलातर्फ एपीएफ र चन्द्रागिरी न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । लिग चरणपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।
लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको तथा महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि न्यू डायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा सहभागि टिमले संघको नियमअनुसार ३ जना विदेशी खेलाडीलाई राख्न सक्ने प्रावधान गरेको छ ।
यस पटक एनभीए लिगको पुरुष र महिला दुवपैतर्फको विजेताले नगद ८ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद ४ लाख र तेस्रो हुनेले २ लाख पाउनेछन् ।
त्यस्तै विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार तथा उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् ।

मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

