दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते

दाङ | जेठ १६, २०८१

दाङमा बस दुर्घटना हुँदा २५ जना घाइते

दाङ:   दाङमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस बुधबार दिउँसो दुर्घटनामा परेको थियाे ।

 

गढवा–कोइलाबास सडक खण्डमा पर्ने गढवा गाउँपालिका( ५ चिसापानीमा बस पल्टिएको हो।

 

घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको छ। घाइते सबै खतरामुक्त छन्।

 

बसका चालकले ओरालोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भएर पल्टिएको बयान दिएका छन् ।

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्