गोप्य भिडिओ खिचेर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गर्ने सन्तोष पक्राउ

काठमाडाैं | जेठ १७, २०८१

गोप्य भिडिओ खिचेर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गर्ने सन्तोष पक्राउ

काठमाडौं:     साथीको गोप्य भिडिओ बनाएर यौनसम्पर्कका लागि ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–५ घर भएका ३० वर्षीय सन्तोष किसान छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।


सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको आरोप लागेको छ ।


अश्लिल भिडिओ बनाएपछि यौनसम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने भिडिओ आफन्तलाई पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पाेखरा:  तनहुँको घिरिङ गाँउपालिका ४ मानपुरदेखि नवलपुरको डेडगाँउ जोडने सडकको कालोपत्र (अल्फास्ट) धामधम भएको छ ।   गण्डकी प्रदेशको गौरव आयोजना अन्तरगत रहेको मानपुर–डेडगाउँ–...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १५ मा दिव्यज्योति क्लबको आयोजनामा आज (बिहीबार) देखि पहिलो संस्करणको फुटसल प्रतियोगिता सुरु भएको छ ।   पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजि...

थप पढ्नुहोस्

पोखरा:   अमेरिकाको वासिङ्टन डिसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जाने भएका छन् ।   मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर क...

थप पढ्नुहोस्