पोखरा बक्सिङ च्याम्पियनसिप: गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

खेलकुदको माध्यममार्फत पोखरालाई प्रर्वद्धन गर्न सकिन्छ: मेयर आचार्य

पाेखरा | जेठ १९, २०८१

पोखरा बक्सिङ च्याम्पियनसिप: गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा:     पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ सम्पन्न भएको छ । 


कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा शुक्रबार अवेर सम्पन्न भएको हो । सम्पन्न प्रतियोगितामा पुरुषतर्फको ५१ केजि तौल समुहमा बाग्मती प्रदेशका लाल प्रसद उप्रेती च्याम्पियन बनेका छन्  । उनले कर्णालीका लक्ष्मण राईलाई पराजित च्याम्पियन बनेका हुन् । महिलातर्फको ४८ केजी तौल समूहमा मधेश प्रदेशकी मनिषा राई प्रथम भइन् । उनले कोशी प्रदेशकी शिला राईलाई पराजित गरिन् ।


यस्तै पुरुष ५७ केजीमा लुम्बिनीका अनिल पुन मगरले गण्डकीका चन्द्र मगरलाई पराजित गरे । महिला ५० केजीमा बाग्मतीकी रमिसा श्रेष्ठले त्रिभूवन आर्मी क्लवकी लालुमाया खत्रीलाई पराजित गरिन् । पुरुष ६० केजीतर्फ सुदुरपश्चिमका रामबहादुर थापालाई पराजित गर्दै गण्डकीका शिव सिलवाल विजयी भए । महिला ५२ केजीमा सशस्त्र प्रहरीको एपीएपm  क्लवकी सञ्जु थिङसँग गण्डकीकी सोनिया बरुवाल पराजित भईन् । 


पुरुषतर्फको ६३ केजी समुहमा गण्डकीका निश्चल गुरुङले सुदुरपश्चिमका महेन्द्र चन्दलाई पराजित गरे । महिलातर्फ ५७ केजीमा गण्डकीकी प्रियङ्का गुरुङ कोशीकी नारिका गुरुङसँग पराजित भइन् । 


त्यस्तै, पुरुष ६७ केजीतर्फ कर्णालीका प्रशांग सुब्बाले गण्डकीका आयुष तामाङलाई पराजित गरे । ७० केजी महिलातर्फ सशस्त्र प्रहरीको एपीएपm  क्लवकी बिनिता थापा मगरले गण्डकीकी अस्मिता बस्नेतलाई पराजित गरिन् । 


७१ केजी पुरुषतर्फ गण्डकीका निशान गुरुङ सुदुरपश्चिमका भरत चन्दसँग पराजित भए । महिलातर्फ ७५ केजीमा कोशीकी शिला महर्जनले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरिन् । पुरुष ७५ केजी तौल समुहमा बाग्मतीका बिनिस राईलाई पराजित गर्दै गण्डकीका तार्जन घर्तीमगर विजयी भए । 


यस्तै पुरुष ८० केजीतर्फ बाग्मतीका मनोज तामाङले गण्डकीका हेमकुमार गुरुङलाई  र ८६ केजीमा गण्डकीका किरन वि.क.ले लुम्बिनीका प्रसन थापालाई पराजित गरे । 


प्रतियोगितामा विजेता बक्सरलाई नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदकद्वारा पुरस्कृत गरिएको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकरी दिए । 


उत्कृष्ठ बक्सर गण्डकीका निश्चल गुरुङ र महिला तर्फ एपीएफकी विनिता थापामगर घोषित भए ।


विजेता र उपविजेता खेलाडीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार, नेपाल बक्सिङ संघका केन्द्रिय अध्यक्ष राम अवाले, केन्द्रिय उपाध्यक्ष किरण श्रेष्ठ, रामबहादुर गिरी, गणेशबहादुर भट्टराई, महासचिव मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघ गण्डकी प्रदेश अध्यक्ष विद्या प्रसाद मर्सानी, जिल्ला अध्यक्ष सुमनकुमार श्रेष्ठ, महानगर बक्सिङ संघका सचिव बुद्ध गुभाजु लगायतले पुरस्कार वितरण गरेका थिए ।


बक्सिङ च्याम्पियनसिपमा महिला तर्फ १२ र पुरुष तर्फ १८ गरी ३० जना बक्सरले विभिन्न तौलमा भिडेका थिए ।


यसअघि  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । 


पोखरामा राष्ट्रियस्तरको च्याम्पियनसिप नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना भएको हो । यसअघि २०६४ सालमा राष्ट्रिय बक्सिङ प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो ।

 

खेलकुदको माध्यममार्फत पोखरालाई प्रर्वद्धन गर्न सकिन्छ: मेयर आचार्य

 

खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताएका छन् ।


शुक्रबार पोखरामा भएको पोखरा राष्ट्रिय बक्सिङ च्याम्पियनसिप–२०८१ को उद्घाटन गर्दै उनले पोखरालाई खेलका माध्यम मार्फत अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका हुन्  ।


पर्यटन राजधानी पोखरालाई अन्तराष्ट्रिय ब्राण्डिङ गर्न यहाँ आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिताहरु महत्वपूर्ण रहने उनले बताए । उनले भने, ‘नेपाललाई अन्तराष्ट्रिय प्रतिस्पर्धा, ओलम्पिकमा पु¥याउने भनेको अहिलेका विद्यालय तहका बालबालिकाले हो । त्यसैले उनीहरुको ‘ग्रुमिङ’का लागि महानगरले थुप्रै खेल गतिविधी सञ्चालन गरिरहेको छ । यस्लाई अझ व्यस्थित र भब्यरुपमा हामीले आगामी दिन सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ उनले पोखरामा राष्ट्रिय स्तरको प्रतियोगिताले खेलसंगसंगै यहाँको पर्यटन प्रर्वद्धन हुने विश्वास व्यक्त गरे ।


कार्यक्रममा बक्सिङ महासंघका केन्द्रिय उपाध्यक्ष तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधीले स्तरिय खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


सोही अवसरमा बक्सिङ खेलको विकासमा योगदान गरेको भन्दै ओलम्पियन रामसिंह थापा, सुवेदार मेजर क्या. लोकबहादुर गुरुङ, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलाई सम्मानपत्र, दोसल्ला र मालाद्वारा सम्मान गरिएको थियो ।

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...

थप पढ्नुहोस्

पोखरा:  आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।  पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...

थप पढ्नुहोस्