विन्ध्यश्वरी आदर्शलाई बास्केटबलको उपाधि
पुरुषतर्फ स्पाइरल र केफ भिड्ने
पाेखरा | जेठ १९, २०८१
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।
पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा आज (शनिबार) भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो ।
सो प्रतियोगिताबाट करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए ।
उनका अनुसार उपाधिसँगै विन्ध्यश्वरीले नगद रु १२ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद रु १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए ।
उनका अनुसार आइतबार विहान समापन समारोहकाबीच पुरस्कार वितरण गरिनेछ ।
यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो ।
पुरुषतर्फको फाइनल आइतबार हुने
प्रतिकुल मौसमका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । अब उक्त खेल आइतबार विहान ८ बजे हुने संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।
फाइनल खेलका लागि करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) र स्पाइरल ग्यालेक्सी मावि भिड्ने छन् ।
यसअघि सेमिफाइनलमा केफले राष्ट्रिय मावि र स्पाइरल ले पोखरा आदर्शलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा राष्ट्रिय मावि पोखरा आदर्शलाई पराजित गर्दै तृतीय बनेको छ ।

विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

