परम्परागत ठेलो खेलमा स्याङजाका ‘दुजिक’ बने च्याम्पियन
पाेखरा | जेठ २०, २०८१
पोखरा: तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय परम्परागत ठेलो खेलमा स्याङजाका दुजिक थापा मगर च्याम्पियन भएका छन् ।
म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगितामा १४.३१ मिटरको दुरी फाल्दै उनी च्याम्पियन बनेका हुन् । यसै गरी प्रतियोगितामा पर्वतका किरण विक दोस्रो भएका छन् । उनले १४।२६ मिटरको दुरी फाले भने पर्वतका राजेन्द्र हमालले १३।०० मिटरको दुरी फाल्दै तेस्रो बने ।
च्याम्पियन भएका दुजिकले नगद रु १५ हजार, किरणले नगद रु १० हजार र राजेन्द्रले नगद रु ५ हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी हात पारे ।
गण्डकी प्रदेश अन्तर्गत रहेका विभिन्न मौलिक र परम्परागत खेलहरुको संरक्षण, प्रवर्द्धन र जर्गेना गर्न परिषदले विगत तीन वर्ष देखि लगातार यस प्रकारका विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आएको छ ।
विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै बेनी नगर पालिकाका प्रमुख सुरत बहादुर केसीले समग्र म्याग्दीको खेल विकासका लागि यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै स्रोत अभावका कारण बेनी नगरपालिका भित्रका धेरै खेल पूर्वाधारहरु निर्माण कार्य अधुरो रहेको गुनासो पोखे ।
परिषदका सदस्य एवं परम्परागत तारा खेलका संयोजक योगेन्द्र शेरचनको अध्यक्षतामा भएको समापन कार्यक्रममा परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, जिल्ला खेलकुद म्याग्दीका अध्यक्ष दिनेश केसीलगायतले विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाका १५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

