कास्की र म्याग्दीका गरिब तथा जेहेनदार विद्मार्थीलाई जापान ग्रुप ओनोको छात्रवृत्ति
पाेखरा | जेठ २०, २०८१
                                
                            पोखरा: “हाम्रो सदिक्षाः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालीत हाम्रो नयाँ अवसर सामुदायीक संस्था–(ओनो) नेपालले शनिबार कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ ।
कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेनदार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो । कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभुत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ । 
कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिबी द्धवले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
कार्यक्रममा सल्लाहकार डिल्लिराम आर्चाय, कन्या मा.वि प्रचार्य  यम ब। बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी साथै भुमेश्वर आ.वि माछापुच्छे« शि.अ.स.अध्यक्ष बसन्त अधिकारीले धारण राखेका थिए । 
विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा,अम्विका बाट निश्चल रानामगर,भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारलाई शिक्षाको यौ सुनौलो  अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए । 
 
संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले आज पोखरामा ४६ र म्याग्दीको रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि साथै जनसेवा आ।विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको उल्लेख गरे ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
