बस दुर्घटनामा ९ जनाको मृत्यु

रामेछाप | असार २१, २०७९

बस दुर्घटनामा ९ जनाको मृत्यु

 

रामेछाप:   रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो ।

 

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र पाँचजना पुरुष रहेका छन् । साथै, मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

 

दुर्घटनामा परी २६ जना घाइते भएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको छ भने २३ जनालाई धुलिखेल अस्पताल, काभ्रेमा पठाइएको उहाँले बताउनुभयो । प्रजिअ पहाडीका अनुसार धुलिखेल अस्पताल पठाइएका घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्