नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा, कप्तान रोकामगर पाँचौ पटक प्लेयर द म्याच घोषित
उपाधिका लागि आयोजक बंगलादेशसँग खेल्ने
पाेखरा | जेठ २०, २०८१
पोखरा: नेपालले केन्यालाई पराजित गर्दै बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ५९–५५ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
४० मिनेटको निर्धारित समय नेपाल र केन्या ५०–५० अङ्कले बराबरी खेलेपछि खेल पेनाल्टी (५ रेडमा ) धकलिएको थियो । नेपालले पेनाल्टी (५ रेडमा) केन्यालाई ५९–५५ अङ्कले पराजित गरेको हो ।
उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए । कप्तान रोकामगर जारी प्रतियोगितामा पाँचौ पटक प्लेयर अफ दि म्याच घोषित भएका छन् । नेपालको राष्ट्रिय कबड्डी टिममा गण्डकीका बिशाल थापामगर पनि रहेका छन् ।
यस्तै पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगीसकेको छ ।
बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले समूह चरणको ५ खेल मध्ये ४ खेलमा विजयी हुँदै समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो । भने, बंगलादेशसँग पराजित भएको थियो ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

