धिमाल महिलालाई तान सहयोग
झापा | असार २१, २०७९
झापा : यहाँस्थित दमक नगरपालिका– १० का धिमाल महिलाको आयआर्जनमा सहयोग पुर्याउन नौ थान पेटानी बुन्ने घरेलु तान हस्तान्तरण गरिएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका नौजना महिलालाई सो तान हस्तान्तरण गरेको हो ।
कार्यक्रममा वडाको अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को रु एक लाख ५० हजार बजेटबाट जनही करिब रु १७ हजार मूल्य बराबरका नौ थान पेटानी बुन्ने तान वितरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीले बताउनुभयो । वडा सचिव योगेश भट्टराईका अनुसार वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तीका महिलालाई तान वितरण गरिएको हो । लाभग्राही पुसमाया धिमालले अझै पनि आफ्नो समुदायभित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो गाउँ छिमेकमा तीनवटा मात्र पेटानी बुन्ने तान रहेकाले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

