एमाले पोखरा महानगर कमिटीमा जीवन आचार्य निर्वाचित
पाेखरा | जेठ २१, २०८१

पोखरा: नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न भएको मतगणनामा आचार्यले २ सय ७७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी दीपक पौडेलले २ सय १० मत पाए ।
यस्तै उपाध्यक्षमा २सय ८४ मतसहित नरेन्द्र ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ मत प्राप्त गरे ।
सचिवमा २ सय ७० मतसहित सुशिल बस्नेत निर्वाचित भए । उपसचिवमा विष्णुप्रसाद गौतम र महिला उपसचिवमा हरिमाया विश्वकर्मा निवाचित भए ।
बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।
४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ ।
महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...