पोखरामा मनाइयो ‘४४ औं मगर दिवस’ (तस्बिरहरु)
पाेखरा | फागुन १५, २०८२
पोखरा । ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ औं मगर एकता दिवस मनाएको छ ।
हरेक वर्षको फागुन १५ गते मनाइदैं आएको मगर एकता दिवस मगर जातिसँग सम्बन्धित बाँजागाजासहित र्याली निकालेर मगर दिवस मनाएको हो ।
नेपाल मगर संघ कास्कीले आयोजना गरेको सो कार्यक्रमको र्याली मानव अधिकार चोकबाट सुरु भई न्यूरोड, सभागृह हुँदै रंगशालास्थित मगर संघको भवनमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा नेपाल मगर संघ कास्कीमा आबद्ध ३० वटा इकाई समितिभन्दा बढी समाजको सहभागी दिए ।
एकताको सन्देशसहित आज देशका विभिन्न स्थानमा एकसाथ मगर एकता दिवस मनाइदैँछ ।
थप तस्बिरहरु:-








पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

