पोखरामा विद्यार्थी कुटपिट गरेर घाइते बनाउने शिक्षक पक्राउ
पाेखरा | जेठ २१, २०८१

पोखरा: पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–३२स्थित युनिभर्स ईङ्लिस बोर्डिङ कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा शिक्षक सुदिप अधिकारीलाई हिजो (आइतबार)पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कास्कीको रुपा गाउँपालिका–६ घर भई युनिभर्स इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक सुदिप अधिकारीले विद्यार्थीले होमवर्क नगरेको अक्षर नराम्रो भएको भन्दै जेठ १३ विद्यार्थीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शिक्षक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
उक्त कसुरमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...