विन्ध्येश्वरीमा चेस प्रतियोगिता: आयुष्मा र आदित्य प्रथम
पाेखरा | असार ११, २०८२
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा चेस प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा जुनियर आधारभुत तहदेखि माध्यामिक तहसम्मका करिब ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रातर्फ कक्षा ७ की आयुष्मा भुजेल प्रथम र कक्षा ८ की प्रिष्टिना रसाइली द्वितीय भए । यस्तै छात्रतर्फ कक्षा ७ का आदित्य लम्साल प्रथम र कक्षा ९ का दिवस घिमिरे द्वितीय भए ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

