मोबाइल चोरी गरेर बिक्रीका लागि फेसबुकमा राखेपछि...

पाेखरा | जेठ २२, २०८१

मोबाइल चोरी गरेर बिक्रीका लागि फेसबुकमा राखेपछि...

पोखरा:     पोखरामा मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा म्याग्दीका युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रहरीले पक्राउ गरेको युवकको साथबाट अंग्रजी नयाँ वर्ष र सहकारी दिवसको दिन हराएको आईफोन र सामसुङ मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । 


सहकारी दिवसको दिन पोखरा सभागृहबाट सामसुङ मोबाइल चोरी गरेर मोबाइलमा रहेको ईसेवा ह्याक गरेर १८ हजार १ सय २५ रुपैयाँसमेत ट्रान्सफर समेत गरेको जाहेरीको आधारमा अनुसन्धान गर्दै म्याग्दी घर पोखरा जाल्फा रोडमा बस्दै आएका २० वर्षीय युवकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 


पक्राउ परेका युवकले अनुसन्धानको क्रममा चोरी गरेको मोबाइल फेसबुकमा बिक्रीको लागि राख्ने गरेको र बिक्री पश्चात  उक्त फेसबुक आइडी डिलिट गर्ने गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले विभिन्न कम्पनीका १५÷१६वटा चोरी भएका मोबाइल बिक्री गरेको जनाएको छ । 


पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्