संखुवासभा कार्की हत्याकाण्ड: रणबहादुर, हस्तबहादुर, लोकबहादुर र खड्गलाई आजीवन कारावासको फैसला

संखुवासभा | असार २१, २०७९

संखुवासभा कार्की हत्याकाण्ड: रणबहादुर, हस्तबहादुर, लोकबहादुर र खड्गलाई आजीवन कारावासको फैसला

काठमाडौं:  संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ।

 

संखुवासभा जिल्ला अदालतले सोमबार मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो।

 

अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई आजीवन कारावासको सजाय भएको हो।त्यसैगरी, हत्यामा संलग्न भएका १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुईतिहाइ कारावासको फैसला भएको उनले जानकारी दिए।

 

 वकिल आचार्यका अनुसार नाबालक कार्कीले १६ वर्ष केही महिना कारावास बस्नुपर्ने हुन्छ।

 

यसस‍ँगै दोषी ठहर गरिएका ४ जनाले भने प्रतिव्यक्ति २ लाख रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतले आदेश गरेको छ। गत वर्ष भदौ २१ गते बिहानीपख उम्लिङमा तेजबहादुर कार्कीसहित, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, नाती विपीन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो।

 

सो हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरीले असोज ५ गते हत्यामा संलग्न रहेका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोराद्वय २७ वर्षीय लोकबहादुर र १७ वर्षीय छोरा नरेश कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

 

अदालतले पक्राउ परेका खड्ग, हस्तबहादुर, रणबहादुर र लोकबहादुरलाई आजीवन कारावासको सजायको फैसला गरेको हो।

 

मतृक तेजबहादुर र हत्या आरोपी खड्गबहादुर कार्की भने परिवारभित्रका तेह्र दिने दाजुभाइ हुन्। पक्राउ परेपछि उनीहरूले आपसी रिस, गालीगलौज, अपशब्द, असमान व्यवहारका कारण तेजबहादुरको हत्या गरिएको प्रहरीसामु बयान दिएका थिए।घटना भएपछि १ नम्बर प्रदेश प्रहरीका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेका थिए।

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीको बैठक आह्वान गर्नुभएको छ। बैठक आइतबार दिउँसो ४ बजे बालुवाटारमा मुख्यमन्त्रीसँग बैठक गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ।...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्...

थप पढ्नुहोस्