पोखरा १३ मा कृषि जैविक विविधता प्रदर्शनी मेला

कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्रथम

पाेखरा | जेठ २४, २०८१

पोखरा १३ मा कृषि जैविक विविधता प्रदर्शनी मेला

पोखरा:    पोखरा महानगरपालिका १३ मा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ । 

 

४३ औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राङ्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) को संयुक्त आयोजनामा मेला भएको थियो । 

 

मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु राखिएको थियो । नयाँ पुस्तालाई कृषि जैविक विविधतासँगै वातावरणको महत्व बुझाउनका लागि मेला आयोजना गरिएको लि–बर्डका कार्यक्रम अधिकृत तथा मेला संयोजक विष्णु भषालले बताए । 

 

मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेको उनले जानकारी दिए । 

 

पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए ।

 

सोही अनुसार वडामा कृषि जैविक विविधता प्रदर्शनी मेला आयोजना गरिएको उनले सुनाए । 

 

‘आज वातावरण दिवस केही न केही कार्यक्रम गर्नुपर्छ भन्ने थियो । त्यसका लागि हामीले हाम्रो क्षेत्रमा भइरहेका जैविक विविधतालाई संरक्षण गर्ने गरी यो दिवस मनाउनुपर्छ भन्ने लाग्यो । अनि कृषि महाशाखा, लिबर्ड र नमुना प्राङ्गारिक कृषि सहकारीको सहकार्यमा यो मेला गरेका हौं,’ उनले भने, ‘जैविकता जोगाउन सकियो भने वातावरण जोगिन्छ भनेर गरिएको कार्यक्रमले कृषकलाई राहत मिल्नेछ भन्नेमा ढुक्क छु ।’

 

यसका लागि कृषकलाई आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए ।

 

कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्रथम

 

मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राङ्गारिक कृषक समुह प्रथम भएको छ । 

 

प्रथम भएको समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार रुपैयाँ पायो । यस्तै तृतिय भएको पिपलडाली काफलबारी कृषक समुह बन्यो । तृतिय भएको

 

समुहले ४ हजार पुरस्कार पाएको थियो भने प्रतियोगितामा सहभागी भएको अन्य ७ समुहलाई प्रोत्साहन स्वरुप ३/३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिए । 

 

प्रतियोगितामा भाग लिएको विद्यालयको समुहलाई पनि प्रति विद्यालय २५÷२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको उनले बताए । भने, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।   कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता ल...

थप पढ्नुहोस्

लमजुङ:  लमजुङ क्होलासोथर गाउँपालिकाका मंगलबहादुर बिक बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् ।   क्होलासोथर गाउँपालिका ७ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार बेपत्ता बिक आज रुदी खोला किनारम...

थप पढ्नुहोस्

काठमाडौँ:   फ्रान्समा आजदेखि औपचारिक रुपमा सुरु हुने ३३औँ गृष्मकालीन ओलम्पिकमा कुन देशले कस्तो प्रदर्शन गर्ला तथा कुन मुलुकले अत्यधिक पदक हासिल गर्ला विश्वभरिका मानिसका लागि कौतुहलताको विषय बने...

थप पढ्नुहोस्