एसईईमा ४ जीपीए ल्याएकी  ममतालाई व्यवसायी ओझाको सहयोग

पाेखरा | असार २२, २०८२

एसईईमा ४ जीपीए ल्याएकी  ममतालाई व्यवसायी ओझाको सहयोग

पोखरा: एसईईमा ४ जीपीए ल्याएकी ममता जैसवाललाई लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आर्थिक सहयोग गरेका छन् ।  


पोखरा–३२ गगनगौंडामा रहेको सामुदायिक विद्यालय गोगन माविबाट एसईईमा ४ जीपीए ल्याएकी ममतालाई आप्mनो जन्मदिनको अवसर पारेर ओझाले नगद २० हजार सहयोग गरेका हुन् । 


पोखरा–३० पावरहाउस लेखनाथमा  बुबा लखन जैसवालले चलाउदै आएको चटपटे पसलमा  विहान बेलुका सहयोग गर्दै उज्यालो भविष्यको आशा राखेकी  ममतालाई थोरै भएपनि आप्mनो जन्मदिनको अवसर पारेर सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै ओझाले समुज्ज्वल भावी जीवनको कामना गरे ।  
    

चुनौतीहरुको सामना गर्दै ,गरिवीसंग जुद्धै ममताले आत्मविश्वास, मिहिनेत र लगनशीलताकासाथ एसईईमा ४ जीपीए  ल्याएकी भन्दै  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले  व्यवसायी ओझाले सहयोग गरेकामा आभार व्यक्त गरेका थिए भने प्रधानाध्यापक मोहनराज बरालले परिवारको बढ्दो खर्च र सीमित आम्दानीमा सहयोगी हातहरु भैदिए थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।  


सहयोग ग्रहण गर्दै हरेक दिन बिहानदेखि बेलुकासम्म ठेलामा उभिएर चटपटे बेच्ने बुबाको मिहिनेत र संघर्षले आफूलाई पढाइमा जिम्मेवार बनाएको  उनले बताइन ।


व्यवसायी ओझाले जन्मदिनका अवसरमा  शनिवार नै पोखरा–३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रम तथा मन्दिर एवम् गुरुकुलमा दाद्यान्न तथा नगद सहयोग गरेका थिए भने पोखरा–२९  भण्डारढिकमा रहेको दीपशिखा पुस्तकालयको आजीवन सदस्यता ग्रहण गरी जन्मदिनको अक्षयकोष अभियानमा  समेत जोडिएका थिए । 
 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्