यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने
उद्घाटन भव्य गर्ने तयारी
पाेखरा | जेठ २७, २०८१
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी थालेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी तयारी सुरु गरेको हो ।
यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा बढि खेलाडीहरुको सहभागिता हुनेछ ।
प्रतियोगिताको तयारीका लागि शनिबार आयोजित छालफल कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले पोखरा आउने खेलाडी र पाहुनाहरुको स्वागत संगै उनीहरुको बसाई शुखद बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले भने–“पहिलो पटक यो कार्यक्रम आयोजना हुँदैछ । हामीले खेलाडीहरु र पाहुनाहरुको बसाई शुखद बनाउन सबैको सहकार्यका लागि परिषद आग्रह गर्दछ ।”
परिषदका सल्लहाकार समितिका सदस्यहरु, विभिन्न खेल संघका पदाधिकारीहरुलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहितको भेलामा प्रतियोगितालाई भब्य बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
भेलामा परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले प्रतियोगितालाई सफल बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका आवश्यक रहेको औंल्याउँदै पोखरा कुनै पनि प्रतियोगिता आयोजना गर्न पूर्णरुपमा तयारी छ भन्ने सन्देश दिने गरी कार्य गर्न आग्रह गरे ।
यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबुल टेनिस र बुद्धिचाल प्रतियोगिता हुनेछ । प्रतियोगिताको उद्घाटन जेठ ३० गते पोखरा रंगशालामा हुनेछ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

