हेल्प नेपाललाई प्रधानमन्त्री कप भलिबल लिगको उपाधि

काठमाडाैं | जेठ २७, २०८१

हेल्प नेपाललाई प्रधानमन्त्री कप भलिबल लिगको उपाधि

काठमाडौं:     आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेका छन् ।  


महिलातर्फ नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो भने पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर हेल्प नेपाल बिजेता बन्यो । दुबैले टिमले जनही ८/८ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने उपबिजेताले ४/४ लाख पाए ।


महिलातर्फ पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ को सेटमा पराजित गर्‍यो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।



पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जितेर पुलिसले उपाधि रक्षा गरेको हो ।


पुरुषतर्फ भने हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्‍यो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो ।


महिलातर्फ एपीएफ र पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भए । उनीहरुले जनही २ लाख रुपैयाँ पाए ।


महिलातर्फ उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी मसुर राजा बट्टो सर्वोत्कृष्ट खेलाडी बनेर जनही ५० हजार रुपैयाँ पाए ।


मसुरले यसअघि पनि हेल्प नेपालबाट नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन् ।


लिबेरोमा महिला तर्फ पुलिसकी शान्तिकला तामाङ र पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट घोषित भई जनही ३० हजार रुपैयाँ पाए ।


उत्कृष्ट सर्भर महिलामा निरुता ठगुन्ना र पुरुषमा रमन कुमार बने । पहिलो पटक नेपालमा भलिबल खेलेका रमनकुमार भारतीय खेलाडी हुन् ।


उत्कृष्ट स्पाइकर महिलातर्फ एभरेष्टकी केपी अनुश्री र पुरुषतर्फ गण्डकीका सन्तोष साहाया बने । उनीहरु दुबै जना भारतीय खेलाडी हुन् ।


अनुश्री भारतको राष्ट्रिय टिमकै खेलाडी हुन् । उत्कृष्ट ब्लकर महिलातर्फ एभरेष्टकी सूर्य तोतांगल र पुरुषतर्फ पुसिलका सफल बिक बने ।


भारतीय खेलाडी तोतांगलले यसअघि पनि नेपालबाट भलिबल खेलिसकेकी छन् ।


महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ हेल्प नेपालका आद्नान खान उत्कृष्ट सेटर बने । महिलातर्फ पुलिसका रुपेश विष्ट र र पुरुषतर्फ उत्सव खड्का उत्कृष्ट प्रशिक्षक बने । उनीहरु सबैले जनही २० हजार रुपैयाँ पुरस्कार पाए ।


व्यक्तिगत विधाका पुरस्कार पाउनेमा ६ जना विदेशी खेलाडी छन् ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्