न्यू ग्यालेक्सीमा एसइई विद्यार्थी लक्षित कार्यक्रम, फुटसलमा बिटी ट्रेनी सेन्टर विजयी

पाेखरा | जेठ २८, २०८१

न्यू ग्यालेक्सीमा एसइई विद्यार्थी लक्षित कार्यक्रम, फुटसलमा बिटी ट्रेनी सेन्टर विजयी

पोखरा:    न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलमा एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न भएको छ ।

 

विद्यालयले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, बास्केटबल अनलाइन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो ।

 

फुटसलतर्फ बिटी ट्रेनी सेन्टर प्रथम भए । यस्तै रतुवा एफसी द्धितीय भएका थिए ।

 

प्रथम बनेको बिटीले नगद ३० हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।

 

यस्तै  दोस्रो बनेको रतुवालाई  १५ हजार नगदसहित ट्रफि र मेडल प्रदान गरिएको प्राध्यापक डा. रामजी शर्माले जानकारी दिए ।

 

उनका अनुसार छात्र बास्केटबलतर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भए । प्रथम र द्धित्तिय बनेका टिमले क्रमश २० हजार र १० हजारसहित ट्रफि मेडल प्राप्त गरे ।

 

छात्रा बास्केटबलतर्फ मर्दि हिमाल प्रथम हुदै नगद रु ८ हजारसहित ट्रफि र मेडल हात पार्याे भने दोस्रो भएको पश्चिमाञ्चलले नगद रु ५ हजारसहित ट्रफि र मेडल प्राप्त गर्याे ।

 

यसैगरी अनलाइन प्रश्नोत्तरतर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्धितीय हुने दिपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले बताए ।

 

विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभाकी उपसभामुख विना कुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी अतुलनीय रहेको धारणा राखेकी थिइन् ।

 

न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिशन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकीका निर्देशक सुरज मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्