आज ३ बजे विश्वासको मत लिदैं मुख्यमन्त्री पाण्डे, पाउलान त ?

पाेखरा | जेठ २८, २०८१

आज ३ बजे विश्वासको मत लिदैं मुख्यमन्त्री पाण्डे, पाउलान त ?

पोखरा:  गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमार्फत विश्वासको मत लिँदैछन् । 

 

उनले आफुलाई विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङलाई पत्र लेखेका छन् ।
 

 

यद्यपी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र माओवादी केन्द्र सकरात्मक देखिएको छैन । तर राप्रपाले भने कांग्रेको हकमा लचिलो बन्ने बताउदै आएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका राजीव गुरुङले पनि बहुमत पुर्याउन सकेको खण्डमा दिन सक्ने अभिव्यक्ति दिदैं आएका छन् । 

 

संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई बहुमत पुर्याउन ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।

 

यद्यपि उनले बहुमत जुटाउन नसक्ने प्रमुख प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रको दाबी छ ।

 

६० सदस्ययीय प्रदेशसभामा अहिले कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ राष्ट्रिय प्रजातन्त्र पार्टीका २  र एक स्वतन्त्र सांसदको हैसियतमा राजीव गरुङ छन् ।
 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्